काठमाडौं / खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रादेशिक कार्यालय, मुख्य शाखा कार्यालय र शाखा कार्यालयमा १ लाख क्विन्टल चामल खरिद गरी भण्डारण गर्ने क्रममा कमिसन र सेटिङका लागि कर्मचारीलाई सरुवा गरेको छ ।
कम्पनीको चामल खरिद गर्ने क्रममा उच्च पदस्थ कर्मचारीले व्यापारीसँग कमिसन खाने लोभमा पुराना कर्मचारी हटाएर आफू अनुकूलका कर्मचारीलाई खरिदको जिम्मेवारी दिन थालेका छन् ।
आफ्नो इसारामा काम नगर्ने कर्मचारीलाई कार्यालयबाट हटाएर आफ्नो इसारामा काम गर्ने कर्मचारी ल्याउन थालिएको छ । यस कार्यको चाँजोपाँजो कम्पनीका नायब महाप्रबन्धक मोतीराज ज्ञवालीले गर्ने गरेको कम्पनीका एक अधिकारीले बताए ।
कम्पनीका अनुसार महाप्रबन्धक ज्ञवालीले चामल खरिद गर्दा सेटिङ मिलाउनकै लागि केही दिनअघि मात्रै शभु रेग्मीलाई सोलुखुम्बुको शाखा कार्यालयबाट लहानको मुख्य शाखा कार्यालयमा सरुवा गरेका छन् । लहानको मुख्य शाखा कार्यालयमा कार्यरत गंगाप्रसाद साहलाई जनकपुर कार्यालयमा सरुवा गरिएको छ ।
जनकपुरमा कम्पनीको आफ्नै मिल छ । त्यहाँ अहिले कुनै खरिद कारोबार नहुँदा शाहलाई जनकपुरमा पठाएर लहानमा चामल खरिद प्रक्रिया सुरु भएकाले कमिसन सेटिङका लागि रेग्मीलाई लहानको मुख्य शाखा कार्यालयको प्रमुखको जिम्मेवारी दिएर पठाइएको छ । लहानमा अहिले कम्पनीले ७ करोड २७ लाख १३ हजार रुपैयाँ लगानीमा १४ हजार ५ सय क्विन्टल चामल खरिद गरिसकेको छ ।
यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चामल खरिदमा चलखेल, हाकिमको सेटिङ धन्दा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51














