२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

एकै परिवारका तीन जनाको शव फेला

प्रकाशित मिति : २०७७ भाद्र २७ गते

भक्तपुर / मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित एकै परिवारका तीन जनाको हत्या गरेका अवस्थामा शुक्रबार शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब सात सय मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित सुदीप अधिकारीको परिवारका सदस्यको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
आफ्नै घरको चौथो तलाको भान्छाबाट कौसी निस्कने ठाउँमा ३६ वर्षीय अधिकारी, दोस्रो तलाको ओछ्यानमा श्रीमती ३४ वर्षीया सम्झना र तेस्रो तलाको कोठाको ओछ्यानमा १५ वर्षीय छोरा सुशान्तको शव रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । दोस्रोे तलाको भर्याङ नजिकै कुकुरसमेत मरेका अवस्थामा भेटिएको बताइएको छ ।
शुक्रबार करिब ४ बजे मृतकका भाइ सुनिलले आफू दाजुका घरमा आइपुग्दा तीन शव फेलापछि प्रहरीलाई खबर गरेका थिए । उनका अनुसार घरको पहिलो तलादेखि माथिका सबै तलाका ढोका चुकुल नलगाएको र अलिकति खुला अवस्थामा थिए । मृतकको घरसंँगै बस्ने लक्ष्मी लामाले तीन दिनदेखि उक्त घरका सदस्य बाहिर ननिस्किएको जानकारी दिए ।
तीन दिनअघिसम्म अधिकारी परिवारले किराना पसल खोलेको र दिउँसोदेखि बन्द रहेको जानकारी दिँदै उनले लकडाउनका कारण पसल बन्द गरेर बाहिर ननिस्किएको हो कि भन्ने आफूलाई लागेको बताए । मृतकको अवस्था र शव गन्हाएकाले घटना केही दिन अगाडि भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अपराध अनुसन्धान महाशाखाको अनुसन्धानविज्ञ टोलीले राति साढे ८ बजेपछिसम्म घटनास्थलमै रहेर अनुसन्धान गरेको छ ।
महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापाले घरका तीन जनाको शङ्कास्पद मृत्यु भएको पाइएको जानकारी दिए । उनका अनुसार कुनै धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएन । अनुसन्धान जारी रहेकाले अहिले नै यही हो भनेर भन्न सकिँदैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73