May 18, 2024

नेपालमा कोरोनाबाट एकैदिन थप १४ जनाको मृत्यु

September 12, 2020

काठमाडौँ / नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ। ८ सय ५२ जना संक्रमण मुक्त भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -