२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ग्याँस सिलिण्डर पड्किँदा शहिदलखन घैरुङका कुँवरको मृत्यु

प्रकाशित मिति : २०७७ भाद्र २८ गते
फोटो : इच्छाकामना न्यूज ।

यूएई / संयुक्त अरब इमिरेट्स यूएईको आबुधावीमा एकजना नेपालीको ज्यान गएको छ । आबुधावीको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर पड्किँदा त्यहाँ कार्यरत गोरखा शहिदलखन ५ घैरुङका सरन कुँवरको ज्यान गएको हो ।
गएको भदौ १५ गते स्थानीय समय अनुसार बिहान साढे ९ बजे भएको घटनामा परि एक नेपाली सहित अरु पाँच जनाको ज्यान गएको कम्पनीले जनाएको छ ।
दुर्घटनामा एक जना नेपाली भाषी भारतीय, दुई जना फिलिपिनो र एक जना श्रिलंन नागरिकको ज्यान गएको सम्बन्धित देशका दूतावासहरुले प्रेसनोट मार्फत जानकारी गराएका छन् ।
केएफसी रेस्टुरेन्टमा धेरै नेपाली काम गर्ने भएकाले घटनापछि नेपाली दूतावासले समेत चाँसो दिएको र एक नेपालीको ज्यान गएको कम्पनीले जानकारी गराएको नेपाली दूतावास आबुधावीले जनाएको छ ।
घटनामा ज्यान गुमाएका नेपालीको शव दुर्घटना भएको तीन दिनपछि मात्रै रेस्टुरेन्टको बेसमेन्टमा पुरिएको अवस्थामा भेटिएको थियो ।
सोही घटनामा केएफसीको छेवैमा रहेको सोही कम्पनीको हार्डडिस रेस्टुरेन्टमा सुपरभाइजरको रुपमा कार्यरत फूलबारी ९ ताप्लेजुङका अर्जुन चुडाल घाइते हुनुभएको थियो । उहाँ उपचारपछि निको भएर काममा फर्किसक्नु भएको छ ।
मृतक कुँवर गएको दुई वर्षदेखि अमेरिकाना कुवेत फुड कम्पनी अन्तर्गत केएफसी रेस्टुरेन्टमा कार्यरत हुनुहुन्थ्याे । त्यस रेस्टुरेन्टमा झण्डै १५ जना नेपाली कार्यरत छन् ।
घटनाबारे अनुसन्धान चलिरहेकाले कानुनी प्रकृया पूरा गरेर मृतकको शव नेपाल पठाउन दूतावासले समन्वय गर्ने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20