काठमाण्डौं । आज आइतबार देशको विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावका कारण केही ठाउँमा अहिले पनि पानी परिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
उहाँकाअनुसार दिउँसो पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । ती ठाउँका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
राति भने देशभर आंशिकदेखि सामान्य बदली भएर केही ठाउँमा भारी र केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना : मौसमविद्
September 13, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -