January 21, 2025
- ADVERTISEMENT -

असोज १ बाट सवारीसाधन चलाउन पाउनुपर्ने माग गर्दै प्रजिअलाई ज्ञापन–पत्र

September 14, 2020

चितवन / नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघं, नेपाल यातायात मजदुर संघ, अनेरास्ववियु मजदुर संघ र नेपाल स्वतन्त्र मजदुर संघ चितवनले संयुक्त रुपमा असोज १ गतेदेखि सार्वजनिक सवारीसाधन चलाउन पाउनु पर्ने माग गरेका छन् ।
संयुक्त रुपमा जारी विज्ञप्तिमा संगठनद्वारा आइतबार जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई असोज १ गतेदेखि सार्वजनिक सवारीसाधन चलाउन पाउनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।
संगठनहरुद्वारा जारी विज्ञप्तिमा आगामी असोज १ बाट लामो र छोटो दूरीका सार्वजनिक सवारीसाधन चलाउन पाउनु पर्ने माग गरेका हुन् । सुरक्षा विधि अपनाएर सुरक्षित तवरले मापदण्ड पालना गरेर गाडी चलाउने वातावरण बनाइदिन विज्ञप्तिमा आग्रह गरिएको महासंघले जनाएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ’ ‘असोज १ गतेबाट लामो, मध्यम, छोटो र स्थानीय रुटका सम्पूर्ण सवारी साधन चितवनभित्र र बाहिरी जिल्लामा सञ्चालनका लागि आवश्यक सहयोग गरिदिन हुन अनुरोध गर्दछौ अन्यथा श्रमिक र व्यवसायीहरु स्वतस्फूर्त रुपमा सवारी चलाउन बाध्य हुनेछौ ।’
लकडाउनका कारण करिब ६ महिनादेखि सार्वजनिक सवारीसाधन बन्द हुँदा लाखौ परिवार संकटमा परेको र अब निषेधाज्ञा धान्न नसक्ने अवस्थामा पुगेको विज्ञप्तिमा जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -