October 3, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नारायणगढ–मुग्लिन सडक खण्ड एक तर्फी सञ्चालनमा

September 15, 2020
File photo.

चितवन / नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाए पछि आज दिउँसोबाट एक तर्फी सञ्चालनमा आएको छ ।
सोमबार राती १०ः३० वजे चारकिलोमा खसेको पहिरो संगै बिभिन्न ठाउँमा पहिरो खस्दा सडक अबरुद्ध भएको थियो ।
सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो, सत्र किलो र पाँचकिलोमा खसेको पहिरो पन्छाए संगै एक तर्फी सडक संञ्चालनमा आएको हो । सिमलताल र सत्र किालोमा रहेको ठूलो पहिरो पन्छाएर सडकलाई एक तर्फी संञ्चालनमा ल्याईएको हो ।
चार किलोमा भने दुईतर्फी सञ्चालनमा आएको डिभिजन सडक कार्यालय चितवनका ई. शिव खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिउँसो २ः४५ वजेबाट सडक एकतर्फी संञ्चालनमा आएको थियो । धेरै पहिरो खसेकाले सडक कार्यालयको र भाडाको गरि १६ वटा मेसिनहरु पहिरो पन्छाउन प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । बिहान सबेरै देखि पहिरो पन्छाउन थालिएको थियो ।
साँझ सम्ममा एक तर्फी भएका दुई ठाउँको पहिरो सफा गरेर दुई तर्फी बनाउने गरि काम भईरहेको उहाँले बताउनुभयो । सोमबार देखिका सवारी सडकमा रहेकाले सवारी चाप रहेको छ ।

- ADVERTISEMENT -