May 18, 2024

पहिरो पीडित सञ्चारकर्मी गुरुङलाई आर्थिक सहयोग

September 16, 2020

चितवन / तमु प्ये ल्हु संघ चितवनले बाढी पहिरो पिडित तमु सञ्चारकर्मी चित्र सोल्टी गुरुङको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । संघले बुधबार पीडित सञ्चारकर्मी गुरुङको घरमा नै पुगेर नगद ४१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको संघका अध्यक्ष जगतबहादुर गुरुङले जानकारी दिनुभयो ।
उक्त सहयोग रकम संघका अध्यक्ष जगत बहादुर गुरुङ, पुर्व अध्यक्ष एवम् सल्लाहकार भिम बहादुर गुरुङ र महिला समितिका जिल्ला अध्यक्ष इन्द्रकुमारी गुरुङले संयुक्त रुपमा पीडित सञ्चारकर्मी गुरुङका बुवा रमेश कुमार गुरुङलाई हस्तान्तरण गरिएको हो ।
सहयोग रकम ग्रहण गर्दै पीडित सञ्चारकर्मी गुरुङका बुवा रमेशकुमार गुरुङले सहयोग गर्ने संघका सम्पूर्ण परिवारलाई धन्यवाद दिनुभयो । उक्त सहयोग रकम संघको मूल समितिबाट १० हजार, महिला समितिबाट १२ हजार, सदस्यहरुबाट व्यक्तिगत १९ हजार संकलन गरेको संघका सचिब बिक्रम गुरुङले बताउनु भयो ।
तमु सञ्चारकर्मी संघ नेपालको सचिव एंव तमु प्ये ल्हु संघ चितवनको जिल्ला कार्यसमिति सदस्य समेत रहेका चित्र सोल्टी गुरुङ इच्छाकामना न्युज डटकम र छ्याजालो न्युज डटकमका सञ्चालक समेत हुन् । उनको चितवन इच्छाकामना गाउँपालिका ६ पाचकिलोमा रहेको घरमा यहि भदौ २९ गते साझ परेको अविरल वर्षाले क्षति पु¥याएर परिवार नै बिस्थापित बनाएको थियो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा संघ जिल्ला सचिब बिक्रम गुरुङ, कोषाध्यक्ष मीन बहादुर गुरुङ, युवा समितिका अध्यक्ष राजिव गुरुङलगायत संघका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -