October 3, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भारतमा कोरोनाबाट ३८२ डाक्टरको ज्यान गयो : एसोसियसन

September 17, 2020
फोटो : गुगल ।

काठमाडौं / इन्डियन मेडिकल एसोसियसनले कोरोनाका कारण भारतमा ३ सय ८२ जना डाक्टरको मृत्यु भएको बताएको छ । एशोसियसनले विज्ञप्ति जारी गर्दै ३ सय ८२ डाक्टरको मृत्यु भएको जनाएको छ । विज्ञप्ति अनुसार ठूलो संख्यामा अन्य स्वास्थ्यकर्मीहरुले पनि ज्यान गुमाएको बताइएको छ ।
एसोसियसनले कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित डाक्टरहरु भएको र सरकारले यसमा कत्ति पनि ध्यान नदिएको भन्दै चिन्तासमेत व्यक्त गरिएको छ ।
विज्ञप्तिका अनुसार सरकारले कोरोना भाइरसका कारण मृत्यु हुने स्वास्थ्यकर्मीको तथ्यांक समेत नराखेको र मेडिकल एसोसियसनले महामारीको कानून तथा महाव्याधि व्यवस्थापन कानून लागू गर्ने नैतिक अधिकार सरकारसँग नरहेको उल्लेख गरिएको छ ।
भारतका केन्द्रीय स्वास्थ्यमन्त्रीले संसद बैठकमा कोरोनाबाट प्रभावित हुने स्वास्थ्यकर्मीको तथ्यांक सरकारसँग नभएको बताएपछि मेडिकल एसोसियसनले आपत्ति जनाएको हो ।
कोरोना महामारीमा नागरिकको उपचारका संलग्न हुँदाहुँदै ज्यान गुमाएका डाक्टरहरुको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, कोरोना रोकथाम र नियन्त्रणका लागि योजना बनाउँदा डाक्टरहरूसँग पर्याप्त छलफल गर्नुपर्ने लगायतका माग राखेको एसोसियसनको विज्ञप्तिमा जनाइएको छ । –एजेन्सी

- ADVERTISEMENT -