२०८२ कार्तिक २२, शनिबार
November 8, 2025
२०८२ कार्तिक २२, शनिबार
November 8, 2025 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

घिसिङलाई पुनः कार्यकारी निर्देशक बनाउने प्रस्ताव

प्रकाशित मिति : २०७७ आश्विन १ गते
- ADVERTISEMENT -

काठमाडौं / ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ ।
मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको जानकारी दिएका हुन् । चापागाईंले मन्त्रिपरिषदले प्राधिकरणको आवश्यकता र जनभावनाको कदर गर्दै मन्त्रिपरिषदले घिसिङलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने विश्वाससमेत व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ । अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु । ’
सोमबारको मन्त्रिपरिषद बैठकमा कुलमानलाई पुनः नियुक्ति नगरिएको भन्दै सरकारको सर्वत्र आलोचना भइरहेको छ । बुधबार काठमाडौंमा विभिन्न स्थानमा कुलमानलाई पुनः नियुक्ति गर्नुपर्ने भन्दै प्रदर्शनसमेत भएका थिए ।

–तेमाल अनलाइनबाट ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -