January 21, 2025
- ADVERTISEMENT -

मलाइका अरोरा १४ दिनपछि कोरोनामुक्त

September 22, 2020

मुम्बई । बलिउड नायिका मलाईका अरोरा कोरोना संक्रमणमुक्त भएकी छिन् । नायिका अरोराले आफू कोरोना संक्रमित भएको १४ दिनपछि ठीक भएको बताएकी हुन् ।
नायिका अरोरा र नायक अर्जुन कपुर सेप्टेम्बर ७ मा कोरोना संक्रमण भएको पुष्टी भएको थियो । यसपछि, अरोरा र कपुर होम क्वारेन्टाइनमा रहँदै आएका छन् ।
मलाइकाले सामाजिक संजालमा स्टाटस लेख्दै आफू कोरोनामुक्त भएको बताएकी छिन् । उनले लेखेकी छिन् – ‘केही दिनपछि म मेरो कोठा भन्दा बाहिर छु । म भाग्यमानी रहेँ, किनकी मलाई यो भाइरसले निकै कम मात्र दुःख दियो । मलाई यो समयमा साथ र हौसला दिने सबैलाई धन्यवाद ।’
उनले, सबैलाई सुरक्षित रहन अपिल समेत गरेकी छिन् । मलाइका भन्दा अगाडि नायक अमिताभ बच्चन, अभिषेक बच्चन, नायिका ऐश्वर्या राय, निर्माता करिम मोरानी, गायिका कनिका कपुर, नायिका जेनेलिया डिसुजा लगायतका बलिउडकर्मी पनि कोरोनामुक्त भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -