May 20, 2024

नेपालमा आज १२४३ जना कोरोनामुक्त

September 17, 2020

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप १२४३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोना संक्रमण भएर निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४० हजार ६३८ थियो ।
मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३७१ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाले मृत्यु भएसँगै ३८३ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -