अमेरिकामा समेत प्रदर्शन
मकवानपुर / नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै नेपाल तामाङ घेदुङ मकवानपुरले हेटौँडामा शान्तिपूर्ण र्याली गरेको छ ।
घेदुङद्वारा भ्रष्टचारी घुसखोरी जति पनि पाइन्छ तर यो देशलाई कुलमान घिसिङ चाहिन्छ भन्ने मूल नारासहित हेटौँडाको बुद्धचोकमा शान्तिपुर्ण र्याली गरिएको थियो ।
वर्षौं घाटामा चलेको विद्युत प्राधिकरणलाई नाफामा पुर्याएका घिसिङलाई अझै एक कार्यकालका लागि नियुक्त गर्नुपर्ने विषयमा सडकबाटै आवाज उठाउनुपर्ने देखिएकोले र्यालीको आयोजना गरिएको घेदुङ मकवानपुरले जनाएको छ ।
र्यालीमा घेदुङ मकवानपुरका अध्यक्ष कालु घलान, जिल्ला सचिव आत्माराम मोक्तान, नगर घेदुङका अध्यक्ष भिमलाल सिन्तान, नगर सचिव सुवाश घिसिङ, नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, जिगतेन शिवा क्षेथार लिङ्ग गुम्बा हेटौंडा ५ को अध्यक्ष डोल्मा स्याङबो, घेदुङ मकवानपुरका सल्लाहकार शुभरत्न गोले, लगायतको सहभागिता रहेको थियो ।
यसैगरी कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्ति गर्नका लागि अमेरिकामा समेत प्रदर्शन गरिएको छ । अमेरिकामा रहेका नेपालीहरुले बुधबार न्युयोर्कको ज्याक्शन हाइटमा भेला भएर प्रदर्शन गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले संयोजन गरेको उक्त कार्यक्रममा ‘उज्यालोका महानायक कुलमान घिसिङ जिन्दावाद’ नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनः नियुक्ती गर’ लगायत नारा लेखिएको तथा कुलमान घिसिङको तस्बिर रहेको प्लेकार्ड बोकिएको थियो । प्राधिकरणमा घिसिङलाई पुनः चार वर्षका लागि नियुक्ति गराउन सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन कार्यक्रम गरिएको आदिवासी अगुवा डण्डु डोक्प्याले बताए ।
कुलमानलाई पुनः नियुक्तिको लागि चौतर्फी माग
September 17, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -