March 19, 2025
- ADVERTISEMENT -

स्थानीय तह अनुसार तोकिएको बारमा मात्र सेवा लिन आउनु : प्रशासन

September 17, 2020

चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गरी सेवा प्रवाहको समय तालिका जारी गरेको छ ।
कार्यालयले बिहीबार जारी गरेको सूचनामा सो बारे उल्लेख गरिएको छ । सूचनामा नागरिकताको प्रमाणपत्र र पार्सपोर्ट बनाउन तोकिएको स्थानीय तहले तोकिएको बारमा मात्र कार्यालय आउन भनिएको छ । तालिका अनुसार भरतपुर महानगरपालिकालाई आइतबार, बुधबार र शुक्रबार तोकिएको छ भने इच्छाकामना गाउँपालिकालाई आइतबार र बुधबार तोकिएको छ । त्यसैगरी खैरहनी नगरपालिकालाई नागरिकता र पासपोर्ट बनाउने समय सोमबार र बिहीबार तोकिएको छ ।
प्रशासनको सूचनामा राप्ती नगरपालिकालाई सोमबार र मंगलबार, रत्ननगरलाई मंगलबार र बिहीबार तोकिएको छ । कालिका नगरपालिकालाई भने बिहीबार र सोमबार तोकिएको छ । प्रशासनले हरेक स्थानीय तहबाट तोकिएको बारमा मात्र सेवा लिन आउन सबैलाई निर्देशन पनि दिएको छ ।

- ADVERTISEMENT -