March 16, 2025
- ADVERTISEMENT -

नेपालमा एकै दिन २०२० जनामा कोरोना संक्रमण पुष्टि

September 18, 2020

काठमाडौं / नेपालमा एकै दिन थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत थप दुई हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता प्राडा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४५८ वटा पीसीआर परीक्षणमा २०२० जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् ।

- ADVERTISEMENT -