२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

असोज ६ गतेबाट पठनपाठन सञ्चालन : तेमाल गाउँपालिका

प्रकाशित मिति : २०७७ आश्विन २ गते

काभ्रे / काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले कोरोना भाइरस महामारीका कारण ६ महिनादेखि बन्द रहेको विद्यालय सञ्चालनमा ल्याउने भएको छ । गाउँपालिकाभित्रको सबै विद्यालयमा स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाएर पठनपाठन सूचारु गर्न लागेको हो ।
विद्यालयमा असोज ६ गतेदेखि पठनपाठन सूचारु गर्ने गाउँपालिका अध्यक्ष सलामसिं तामाङले बताए । ‘सरकारले तोकिएको स्वास्थ्य सुरक्षा मापदण्डलाई आत्मसात गर्दै सबै विद्यालयमा पठनपाठन सूचारु गर्नेछौं ।’ अध्यक्ष तामाङले भने, ‘तेमालबाट अन्यत्र गएर कोरोना संक्रमित भएका बाहेक तेमालका कसैलाई पनि कारोना संक्रमण भएको छैन । हामी सकेसम्म संक्रमण हुन दिनेछैनौं । त्यसकारण पनि विद्यालय सञ्चालन गर्न लागेका हौं ।’
पठनपाठन सूचारु गर्न तयारी शुरु
गाउँपालिकाले विद्यालयमा पठनपाठनलाई सूचारु गर्ने योजनाका साथ विहिबारदेखि सबै शिक्षकहरुलाई विद्यालयमा अनिवार्य हाजिर हुन निर्देशन दिएका थिए । सोही अनुसार टाढाबाट आउनुपर्ने शिक्षक पनि सबै विद्यालयमा हाजिर भइसकेका छन् ।
त्यसैगरी गाउँपालिकाले ७ वटा विद्यालयमा क्वारेन्टाइन स्थापना गरेको थियो । सबै क्वारेन्टाईनलाई समेत हटाइसकेको गाउँपालिका अध्यक्ष तामाङले बताए । ‘विद्यालयमा स्थापना गरेको क्वारेन्टाइनहरु हटाइसकेका छौं ।’ तामाङले भने, ‘अब पूर्ण तयारी गर्न शिक्षकहरुलाई निर्देशन दिइसकेका छौं ।’
निर्मलीकरण शुरु
तेमालमा पठनपाठन शुरु गर्नु अघि विद्यालय सरसफाईमा जोड दिएको छ । विद्यालय निर्मलीकरण (सरसफाई) आज एक कार्यक्रमका बीच अध्यक्ष तामाङले उद्घाटन गरेका छन् । गाउँपालिकाको केन्द्रमा रहेको श्री नारायणस्थान माविबाट शुरु गरिएको हो । गाउँपालिका भित्र रहेको ४१ वटै विद्यालयमा सरसफाईमा जोड दिने उनले बताए । ‘तेमालमा रहेको सबै विद्यालयको सरसफाईमा हामीले जोड दिएका छौं ।’ अध्यक्ष तामाङले भने, ‘विद्यार्थीलाई भयरहित वातावरणमा पढ्ने अवस्था बनाउन हामीले सरसफाईलाई प्राथमिकता दिएका छौं ।’
स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाएर कक्षा चलाउन निर्देशन
विद्यालय सरसफाई अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तामाङले स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाएर कक्षा सञ्चालन गर्न सबै विद्यालयका प्रधानाध्यापकहरुलाई निर्देशन दिएका छन् । स्वास्थ्य मापदण्ड पूरा गरेको छ कि छैन गाउँपालिकाले अनुगमन गर्ने तामाङले बताए ।
‘स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गर्न म सबै विद्यालयका प्रधानाध्यापकहरुलाई निर्देशन दिन चाहन्छु ।’ उनले भने, ‘पूरा गरेको छ कि छैन हामी अनुगमन गर्ने छौं ।’
सबै विद्यार्थीलाई स्वास्थ्य सामाग्री दिने
गाउँपालिकाले सबै विद्यार्थीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गर्ने भएको छ । तेमाल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकका अनुसार सबै विद्यालयहरुलाई विद्यार्थी तथा शिक्षक कर्मचारीको संख्याको आधारमा स्वास्थ्य सामाग्री वितरण गर्ने भएको छ । ‘हामीले सबै विद्यालयमा स्वास्थ्य सामाग्री वितरण गर्न लागेका छौं । विद्यार्थी संख्याको आधारमा वितरण गर्ने छौं ।’ पाठकले भने, ‘हामीले आधारभूत स्वास्थ्य सामाग्रीको रुपमा मास्क, सेनिटाइजर र सावुको व्यवस्था गर्छौं ।’
प्रारम्भमा गाउँपालिकाले स्वास्थ्य सामाग्री दिएपनि पछिको समयमा विद्यालय आफैले उक्त सामग्रीहरु व्यवस्था गर्नुपर्ने उनले बताए ।
विद्यालयमा स्वास्थ्य शिक्षा पनि सञ्चालन गर्ने
सबै विद्यालयमा स्वास्थ्य शिक्षा सञ्चालन गर्ने स्वास्थ्य शाखा प्रमुख पाठकले जानकारी दिए । ‘हामीले सबै विद्यालयमा स्वास्थ्य शिक्षा समेत सञ्चालन गर्नेछौं । विशेष गरी कोरोना संक्रमण रोकथामकोबारेमा विद्यार्थीहरुलाई जानकारी गराउनेछौं ।’ पाठकले भने, ‘विद्यार्थी र उनको परिवारमा समेत सकारात्मक प्रभाव पर्नेछ । कोरोना संक्रमण रोकथामका लागि के गर्नुपर्छ भन्ने कुरामा अभिभावकले समेत थाहा पाउनेछ ।’
स्वास्थ्य शिक्षाका लागि सम्बन्धित वडामा रहेका स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरु परिचालन गर्न लागेको उनले बताए ।
तेमालमा मावि, आधारभूत विद्यालय र प्रावि गरी ४१ वटा विद्यालय रहेका छन् । सबै विद्यालयमा गरी करिब ३ हजार जना विद्यार्थी पढ्ने गरेको अनुमान छ ।
–तेमाल अनलाइनबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10