June 13, 2024

तामाङ पत्रकार संघ चितवनका सचिव लामालाई मातृशोक

September 19, 2020

भण्डारा । तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनका सचिव राजेश रुम्बा लामालाई मातृ शोक परेको छ । उहाँकी आमा बुद्धिमाया नेगी (तामाङ) को ७० वर्षको उमेरमा आज बिहान ३ः२५ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिनुभयो ।
लामाका आमा विगत केही समयदेखि विभिन्न रोगले ग्रसित हुनुहुन्थ्यो भने उहाँलाई हस्पिटलमा उपचार गराइएता पनि सफल हुन सकेको थिएन ।
यसैबीच तामाङ पत्रकार संघ, चितवनले शोक वक्तव्य जारी गरेको छ । वक्तव्यमा तामाङ पत्रकार संघ चितवनका सचिव राजेश रुम्बा लामाकी आमाप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।
संघका अध्यक्ष ज्ञानेन्द्र तामाङद्वारा हस्ताक्षरित वक्तव्यमा दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवाजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कोन्ज्योसोमसमक्ष प्रार्थना भनी उल्लेख गरिएको छ ।
लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का बागमती प्रदेश सदस्य, सहयात्री खबर अनलाइनका सञ्चालक समेत हुनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -