चितवन / नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक सम्पन्न भएको छ । बोर्ड बैठकले पुरुष र महिला खेलाडीको वर्गीकरण गर्दै मंगलबार सो निर्णय गरेपछि एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा बसेको बैठकले उक्त निर्णय गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।
अध्यक्ष चन्दका अनुसार महिला खेलाडीहरुको पहिलो पटक वर्गीकरणसँगै सम्झौता गरिएको हो । उनीहरुलाई जनवरी २०२० देखि नै तलब उपलब्ध गराउने निर्णय गरिएको उहाँले बताउनुभयो ।
पुरुष खेलाडी तर्फ ग्रेड ‘ए’ मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, सरद भेष्वाकर, करण केसी, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी र विनोद भण्डारी परेका छन भने मासिक तलब रु ५० हजार निर्धारण गरिएको बताइएको छ ।
त्यस्तै सुसन भारी, सोमपाल कामी, आरिफ सेख र पवन सराफ ग्रेड ‘वि’ मा परेका छन भने मासिक रु ४० हजार पाउने भएका छन् । ग्रेड ‘सी’ मा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहोरा र कमल सिंह ऐरी परेका छन । मासिक तलब ३० हजार तोकिएको छ ।
यस्तै महिलातर्फ पहिलोपटक खेलाडीको वर्गीकरण गरिएको छ । महिलाको ग्रेड ‘ए’ मा रुविना क्षेत्री, नेरी थापा, इन्दु वर्मा, सिता रानामगर र करुणा भण्डारी परेका छन् । मासिक तलब १५ हजार तोकिएको छ । महिलाको ग्रेड ‘बी’ मा ज्योति पाण्डे, अप्सरी वेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनौजिया, काजोल श्रेष्ठ र सरिता मगर रहेका छन । मासिक तलब १२ हजार तोकिएको छ ।
यस्तै ग्रेड ‘बी’ मा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी र सोनु खड्का, अन्जली चन्द र सोभा आले परेका छन । मासिक तलब १० हजार तोकिएको छ ।
लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक चितवनमा बसेको हो । बैठकका लागि देशका विभिन्न जिल्लाबाट पदाधिकारी तथा सदस्यहरु चितवन आएका थिए । १९ जनाको बोर्डमा धेरै काठमाडौं बाहिरका छन । हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् ।
क्यानद्वारा पुरुष तथा महिला क्रिकेट खेलाडी छनौट, खेलाडीको ग्रेड र तलब निश्चित
September 23, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -