पहिरोले सडक–खण्ड अवरुद्ध
मुग्लिन / मंगलबारदेखि परेको अविरल वर्षाको कारण मुग्लिन–नारायणगढ सडक खण्ड र मुग्लिन–नौबिसे सडक खण्ड अवरुद्ध भएकोमा अहिले एकतर्फी मात्र संचालन आएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिनुभयो ।
प्रनि तामाङका अनुसार सडक डिभिजन कार्यालयको लोडर प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको र केही समयमा नै दुइतर्फी खुलाउने प्रयास भइरहेको छ । पहिरो हटाइ राजमार्ग सुचारू हुन केही घण्टा लाग्ने उहाँले बताउनु भयो ।
यसैगरी मुग्लिन–नौबिसे सडकखण्ड पनि एकतर्फी मात्र सञ्चलान आएको छ । यस सडकखण्ड अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बाँदरेभीर भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक एकतर्फी मात्र सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मझिमटार धादिङले जनाएको छ ।
उहाँका अनुसार सडक दुइतर्फी सञ्चलानमा ल्याउने प्रयास भइरहेको छ भने सो स्थानमा यसअघि पटकपटक पहिरो खस्ने गरेको थियो ।
मुग्लिन–नारायणगढ र मुग्लिन–नौबिसे एकतर्फी सञ्चालन
September 23, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -