May 20, 2024

लागुऔषध प्रकरण : बलिउडकर्मी छानविनको घेरामा तानिदैँ

September 23, 2020

काठमाडौं / अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यापछिको छानविनको क्रममा बलिउडमा लागुऔषध प्रकरणले चर्चा पाएको छ । चर्चित बलिउडकर्मीमाथि लागूऔषधको ओसारपसार तथा प्रयोगकर्ताको आरोप लाग्दै आएको छ ।
नायिका रिया चक्रवर्तीमाथि नारकोटिक्स कन्ट्रोल ब्यूरोले अनुसन्धान गरिरहेको छ । उनीसँगै भाइ शौविक तथा सुशान्तका पूर्व म्यानेजरसहित ७ जनामाथि अनुसन्धान भइरहेको छ ।
अभिनेत्री कंगना रनौतले यो विषयलाई जोडदार रूपमा उठाइरहेकी छिन् । उनले थुप्रै बलिउडकर्मीमाथि अनुसन्धान गर्नुपर्ने बताउँदै आएकी छिन् ।
निर्माता, लगानीकर्तादेखि लिएर नायक–नायिका समेत यसमा मुछिएका छन् । ब्यूरोले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै थप अनुसन्धान गर्ने संकेत गरेको छ ।
नायिका दीपिका पादुकोण पनि लागुऔषधमै मुछिएकी छिन् । अहिले उनको ह्वाट्सएप च्याटको स्क्रिनसट भाइरल बनेको छ । दीपिका र उनकी म्यानेजर करिश्मा प्रकाशबीचको लागुऔषधबारेको कुराकानी भएको च्याट सार्वजनिक भएको हो ।
त्यही च्याटका आधारमा ब्यूरोले दुवैजनामाथि सोधपुछ गर्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ब्यूरोले दीपिकालाई डी र करिश्मालाई के नाम कोड दिएको छ ।
दीपिकाको म्यानेजरको रूपमा काम गरेकी करिश्मा एक कम्पनीमा काम गर्छिन् । रियाकी म्यानेजर जया साहा पनि त्यहि कम्पनीमा काम गर्छिन् । जया करिश्माकी सिनियर हुन् । ब्यूरोले जयासँग भने सोधपुछ गरिरहेको छ । त्यही आधारमा दुवै जनाबीचको सम्बन्धबारे थाहा भएको हो ।
बलिउडकी अर्की नायिका रकुललाई पनि छानविन गर्न सक्ने बताइएको छ । आफ्नो नाम मुछिएपछि रकुलले दिल्ली उच्च अदालतमा मुद्दा समेत दायर गरेकी थिइन् । उनले आफूमाथी लागेको आरोप गलत भएको र बदनाम गराउन खोजेको भन्दै आफ्नो अपमान गर्नेमाथि कारबाहीको माग गरेकी छिन् ।
रियाको भनाइ अनुसार अभिनेत्री सारा अलि खान पनि यो प्रकरणमा मुछिएकी छिन् । चलचित्र ’केदारनाथ’ को छायांकनका क्रममा साराले लागुऔषध प्रयोग गर्ने रियाले बताएकी थिइन् ।
साराले त्यो बेला सुशान्तसँग मिलेर गाँजा खाने गरेको र तौलसमेत बढेको रियाको आरोप छ ।
–देखापढीबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -