२०८३ असार २९, सोमबार
July 13, 2026
२०८३ असार २९, सोमबार
July 13, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कष्टकर बन्दै फुटपाथ र ठेला व्यापारीको जीवन

प्रकाशित मिति : २०७७ आश्विन ७ गते

–अशोक भाई लामा
मकवानपुर । हेटौंडा बजारको बसपार्क छेउमै फुटपाथ पसल लगाउने बिनोद चौधरी ग्राहक कुरिरहेका थिए । ६ महिनापछि आफ्नो सानो पसल खोल्न पाउँदा पनि उनमा उत्साह थिएन । ‘पसल खोल्न त पाइयो तर किन्ने मान्छे नै छैन, – ’उहाँले भन्नुभयो- ‘लकडाउन अघि एक साँझमा कम्तीमा ५/६ हजार रुपैयाँको सामन बेच्थे, अहिले मुश्किलले २ हजार जत्तिको बिक्री हुन्छ  ।’
सर्लाही घर भएका चौधरीले फुटपाथ पसल गरेर ७ सदस्यीय परिवारको जीविका धान्दै आएको १६ वर्ष भयो । लकडाउन सुरु भएपछि उनले पत्नी र आफ्नो सन्तानलाई गाउँ पठाइदिएको उहाँ भन्नुहुन्छ  । त्यसपछि कहिले लुकीछिपी बेच्ने गरेको उहाँ बताउनुहुन्छ । ‘राहत पनि लिएँ, जसोतसो भात खाएँ,’ उनले भने, ‘भाडा तिर्न सकेको छैन, अझै ५ महिनाको भाडा व्यापार भएपछि तिर्ने शर्तमा घरबेटीलाई मनाएको छु  ।’
त्यस्तै सरोज तामाङ पनि हेटौंडा बजारको फुटपाथ व्यापारी हो । ६ महिनासम्म व्यापार ठप्प भएपछि ४ जनाको परिवारलाई छाक टार्न धौधौ परिरहेको उहाँ भन्नुहुन्छ  । पुरानो उधारोहरु यताउता उठाएर खर्च धानेको र घर भाडा तिर्न बाँकी नै रहेको उनको गुनासो छ । छतिवन घर भएका तामाङले फुटपाथमा व्यापार गरेर जीविका चलाउँदै आएको १२ वर्ष भइसक्यो । २०७२ सालको भूकम्पको बेलामा पनि यस्तै समस्या भोगेको उहाँ सम्झन्छन्  । हामी जस्ता साना व्यवसाय गरेर जीविका धान्नेलाई नै हरेक विपत्तिमा बढी असर पर्ने गरेको उहाँ बताउनुहुन्छ ।
अर्की फुटपाथ व्यापारी रमिता नेपाल संक्रमण भइरहे पनि हामी साना व्यापारीलाई बन्द गर्न नहुने बताउँछिन्  । ‘यत्रो समय घरभित्रै बस्यौं, अब पनि व्यापार गर्न पाइएन भने घरभाडा कसरी तिर्ने ? व्यवसाय राम्रोसँग नचले पनि व्यवसाय गर्न दिनुपर्छ,’ उहाँले भन्नुभयो । निजगढकी उनी परिवारसहित फुटपाथ व्यवसायमै रमाइरहेकी छिन् ।
त्यस्तै ठेला व्यापारी राम यादव अब रोगले भन्दा पनि भोकले मर्ने अवस्था आउन लागेको बताउँछन्  । बीरगंज घर भई हेटौंडा बस्ने उनी ठेलामा पानीपुरी र चटपटे बेच्छन् । आफ्नो ६ परिवारको घरायसी खर्च कोठा भाडा तिर्ने पैसा जोहो यही व्यापारबाट गर्नुपर्छ यादवले भन्नुभयो । लकडाउनपछि व्यापार बन्द भयो । उनको परिवार लकडाउनपछि गाउँ फर्किएको थियो । लकडाउन सकिएपछि फर्किए, निषेधाज्ञा भयो । ठेला चलाउन नपाएपछि उनले पनि कोठा भाडा तिर्न सकेका छैनन् ।
यस्तै रमिता श्रेष्ठको पीडा पनि उस्तै छ । म्याजिक चालक श्रीमानको कमाइले १ छोरा र १ छोरी सहित ४ जनाको परिवारको गुजारा राम्रैसँग चलेको थियो । ‘लकडाउनले श्रीमानको जागिर गुम्यो । खानाकै समस्या हुन थालेपछि गाडामा चटपटे बेच्न थालेकी छु,’ उहाँले भन्नुभयो  । उहाँ अहिले हेटौंडा बजारमा चटपटे बेच्नुहुन्छ  । दिनभरको कमाईले साँझ बिहान हातमुख जोड्ने वर्गलाई कोरोना भाईरस महामारीले ठूलो असर पुगेको उहाँ बताउनु हुन्छ  । ‘यस्तै दिन सधै भयो भने बाँच्न सकिने अवस्था छैन,’ उनले भनिन्, ‘५ महिनादेखि घरभाडा तिर्न सकेका छैन, घरबेटीलाई कमाएर दिउँला भन्दै मनाएका छौं ।’
सरकारले व्यापार र व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेपछि महिनौंदेखि बन्द रहेका सबै पसलहरू अहिले खुल्न थालेका छन् । तर ग्राहक भने कम आउने हुँदा व्यापारीहरु उत्साहित छैनन्  । फेरि सरकारले कोरोना नियन्त्रण गर्न भन्दै व्यवसाय बन्द गरि दिन्छन् कि भन्ने चिन्ता पनि छ  । सानातिना व्यापार–व्यवसाय गरेर खाने प्रायः सबैले महिनौंदेखिको कोठाभाडा पनि तिर्न बाँकी रहेको तीतो यथार्थ छ  ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.23
152.83
European Euro
1
173.75
174.43
UK Pound Sterling
1
204.10
204.91
Swiss Franc
1
188.28
189.02
Australian Dollar
1
105.84
106.26
Canadian Dollar
1
107.53
107.96
Singapore Dollar
1
117.85
118.31
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.78
41.94
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.45
41.61
Malaysian Ringgit
1
37.40
37.55
South Korean Won
100
10.15
10.19
Swedish Kroner
1
15.75
15.82
Danish Kroner
1
23.25
23.34
Hong Kong Dollar
1
19.42
19.49
Kuwaity Dinar
1
494.65
496.60
Bahrain Dinar
1
403.76
405.35
Omani Rial
1
395.38
396.94