चितवन / देशभर बुधबार बिहानैदेखि भारी वर्षा भइरहेको छ । वर्षाका कारण नारायणी नदीमा पानीको बहाब बढेको छ । आउँदो शनिबारसम्म वर्षा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार नारायणी नदीको पुल र देवघाट दुवै क्षेत्रमा सतर्कता तह पार गरेको छ । नदीको बहाबले सतर्कता तह पार गरेसँगै चितवन र नवलपरासीको तटियक्षेत्रमा हुनेहरुले उच्च सर्तकता अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।
पुल तर्फ नारायणी नदीमा पानीको सहत ११.२३ मिटर पुगेको छ । यहाँ ११ मिटर सतह पुगेमा सतर्कता तह नाघेको मानिन्छ । यस्तै देवघाट क्षेत्रतर्फ पानीको सतह ७.९ मिटर पुगेको छ । जबकी ७.३ मिटर सतर्कता तह मानिन्छ । यहाँ पानीको सतह ८ मिटर पुगेमा खतराको तह पार गर्नेछ ।
चितवनमा निरन्तर वर्षा भइरहेकाले देवघाट क्षेत्रमा खतराको तह पार गर्ने देखिन्छ । निरन्तर वर्षासंगै बाढीको संभावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई चितवन प्रशासनले सतर्क रहन अनुरोध गरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नारायणीमा पानीको बहाव बढ्दै, सतर्क रहन प्रशासनको आग्रह
September 24, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
