२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

एकाबिहानै आँबुखैरेनीका एक युवकको कोरोनाले मृत्यु

प्रकाशित मिति : २०७७ आश्विन ८ गते
- ADVERTISEMENT -

आँबुखैरेनी । तनहुँ आँबुखैरेनीका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेका आँबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको आज बिहान १२ः५५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
गत भाद्र २९ गते डायलसिसका लागि कलेजमा भर्ना भएका उनमा ३१ गते संक्रमण पुष्टि भएको थियो । त्यस यता सघन कक्षमा राखेर उपचार गराइरहेकोमा उनको बिहान निधन भएको अस्पतालले उल्लेख गरेको छ ।
उनको परिवारको २ जना ३३ वर्षीया महिला र ८ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

- ADVERTISEMENT -