रामेछाप / जिल्लको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडका् पूर्पक्षका लागि जेल चलान भएका छन् । शरीर बन्दक, बलात्कार र ठगीको आरोपमा एक महिना अघि पक्राउ परेका खडकामाथि शुक्रबार थुनछेकको बहसमा अदालतले खड्कालाई पूर्पक्षका लागि जेल चलान गर्ने फैसला गरिएसँगै उनलाई जेल चलान गरेको हो ।
रामेछापका जिल्ला न्यायधिश स्वीकृती पराजुलीले पुर्पक्षको लागि जेल पठाउने फैसला गरेकी थिइन् ।
धोवी बजारको सडक निर्माण गर्न गठित उपभोक्ता समितिका अध्यक्ष दर्पण तामाङले आफूलाई अध्यक्ष खड्काले शरीर बन्धक तथा अपहरणको उजुरी दिएसँगै गत साउन ३० गते उनी पक्राउ परेका थिए । त्यससँगै गाउँपालिकाका एक स्थानीयले जग्गा ठगीको साथै गाउँपालिकाकै एक युवतीले आफूलाई दश महिना अघि बलात्कार गरेको उजुरी दिएकी थिइन ।
यसैबीच खड्कालाई अदालतको फैसलासँगै प्रहरीले सदरमुकाम मन्थलीबाट राती ११ बजे जिल्ला कारागार रामेछाप पु¥याएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले अदालतको फैसला अनुसार प्रक्रिया पुर्याएर राती नै जिल्ला कारागार मन्थली पुर्याइएको बताए ।
अदालतले बलात्कारको मुद्दामा जेल पठाउने फैसला सुनाउदै ठगीमा ५० लाख र शरीर बन्दकमा २ लाख गरी ५२ लाख ढरौटी माग गरेको छ । पुर्पक्षको लागि थुनामा पठाउने फैसला सुनाएको अदालतले अर्को पेसी तोकेपछि अदालतमा उक्त मुद्दामाथि बहस हुनेछ ।
गाउँपालिकाका अध्यक्ष पर्पुक्षका लागि जेल चलान
September 26, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
