October 3, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जीवनलाई रोमाञ्चक बनाउने विज्ञका पाँच सुझाव

September 27, 2020
Couple of lovers on their backs, looking at the caribbean sea

मानव जीवनमा समस्या सबैलाई आई पर्छन् । प्रायः सानो समस्याबाट ठूलो भएको धेरै उदाहरण छन् । समस्या सानो हुँदै समाधान गरियो भने जीवन रोमाञ्चक हुन्छ । धेरैजसो मानिस आफ्नो समस्या खुलेर नआउँदा विभिन्न बाधा व्यवधान भोग्न बाध्य हुनुपर्छ । त्यसैले यहाँ विज्ञका पाँच सुझाव तल उल्लेख छ । समस्यालाई टाढा राख्नका लागि रिलेशनसिप एक्सपर्टका केही सल्लाह छ जुन तपाईहरुलाई काम लाग्न सक्छ, जानकारी लिऔं ।
सधैं कुरा गर्नुहोस् ः
कुनै पनि समस्यालाई हल गर्ने पहिलो पहल कुराकानीमार्फत् हुन्छ । यदि तपाईं आफ्नो पार्टनरसँग यस्ता मुद्दाबारे खुल्ला रुपमा कुरा गर्नुहुन्नँ भने समस्याको कहिले पनि हल निस्कँदैन । कुराकानीमार्फत् नै तपाईं आफ्नो पार्टनरको भावना बुझ्न सक्नुहुन्छ र आफ्नो भावना बुझाउन सक्नुहुन्छ । सम्बन्धमा समस्या त्यतिबेला आउँछ जब जोडी आपसमा कुराकानी गर्न बन्द गरिदिन्छन् ।
मुद्दालाई ठूलो नबनाउनुहोस् ः
कुनै पनि जोडीमा स–साना मनमुटाव साधारण हुन् । स्वस्थ सम्बन्धका लागि यो आवश्यक पनि छ तर एउटै मुद्दामा पटक पटक झगडा गर्दा त्यो ठूलो हुन्छ र त्यसपछि सम्बन्धमा दरार आउन थाल्छ । कुनै कुराको लागि तपाईंहरु दुबैको दृष्टिकोण फरक हुनसक्छ । पार्टनरको विचारलाई नजरअन्दाज गर्नुको साटो त्यसलाई बुझ्ने कोसिस गर्नुहोस् ।
मिलिजुली गर्नुहोस् घरको काम ः
कपडा धुनु, भाँडा माझ्नु, सर–सफाई गर्नुजस्ता काममा आफ्नो पार्टनरलाई सहयोग गर्नुृहोस् । जब तपाईं दुबै घरमा हुनुहुन्छ भने आ–आफ्नो काम बाँड्नुहोस् । यसो गर्दा कसैमाथि पनि कामको भार बढि पर्नेछैन र तपाईंहरु एक–अर्काको नजिक पनि आउनुहुनेछ ।
एक–अर्काको तारिफ गर्नुहोस ः
सबैलाई आफ्नो पार्टनरले तारिफ गरिदिउन् भन्ने आशा हुन्छ । एक–अर्काको तारिफ गर्दा तपाईंहरु दुबै सधैं एक–अर्काप्रति सकारात्मक हुनुहुनेछ । यसो गर्दा स–साना समस्या नजरअन्दाज गर्ने बानी पनि पर्छ ।
एक–अर्कालाई प्राथमिकता दिनुहोस् ः
पार्टनरबाट आफ्नो लागि मात्रै आशा नराख्नुहोस्, जति तपाईंले आफूलाई प्राथमिकता दिनुहुन्छ नि त्यति नै आफ्नो पार्टनरलाई पनि दिनुहोस् । तपाईंहरुको विचार एकै किसिमको हुनुपर्छ भन्ने छैन तर अलग–अलग पिचारको सम्मान गर्न पनि आवश्यक छ । –एजेन्सी

- ADVERTISEMENT -