December 6, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पहिरोले महत्वपूर्ण कागजपत्र नष्ट, सांसद ग्लानद्वारा अवलोकन

September 27, 2020
File photo.

राक्सिराङ । पहिरोका कारण राक्सिराङ गाउँपालिका वडा नं. ५ को कार्यालय भवन पूर्ण रुपमा क्षति पुगेको छ । उक्त भवनको शनिबार बागमती प्रदेशका सांसद ओमबहादुर ग्लान, नेपाल कम्युनिष्ट पार्टी राक्सिराङका इन्चार्ज बनस्तम थिङ र अध्यक्ष हस्तबहादुर मोक्तानलगायतसहितको टोलीले शनिबार अवलोकन गरेका छन् ।
वडा कार्यालयका चन्द्रसिहं प्रजाले क्षतिग्रस्त वडा कार्यालयको सांसदसहितको उक्त टोलीलाई घटनाबारे जानकारी गराएका थिए । पहिरोले सबै समान पूर्ण रुपमा नष्ट भएको उनले बताए । गत असोज ९ गते बिहानबाटै कार्यालय माथिबाट माटो बग्न थालेपछि कर्मचारी ज्यान जोगाएर निस्किएको उनको भनाइ छ । उनले हेर्दाहेर्दै कार्यालयलाई पहिरोले पुरेको र महत्वपुर्ण कागजातसहित सबै सामग्री नष्ट भएको बताए ।
सांसद ग्लानले तत्काल बैकल्पिक वडा कार्यालय स्थापना गरी सेवा सुचारु गर्नुपर्नेमा सुझाव दिए । स्थानीय तहले तत्काल बैकल्पिक व्यवस्था गरी जनताको सेवामा लाग्न उनले आग्रह गरे । आवश्यक सहयोग र समन्वयका लागि प्रदेश सरकार तयार रहेको आफूले सहयोग गर्ने उनले बताएका छन् ।
नेकपा राक्सिराङका इन्चार्ज बनस्तम थिङले गाउपालिकाले वडा कार्यालय निर्माण गर्दा भविष्यमा हुनसक्ने जोखिमलाई नजरअन्दाज गरेको बताए । अब वडा कार्यालय स्थापना गर्दा प्राकृतिक तथा सामाजिक दृष्टिकोणले उपयुक्त स्थान छनौट गर्नुपर्ने उनको भनाइ छ ।

- ADVERTISEMENT -