March 17, 2025
- ADVERTISEMENT -

७५ प्रतिशत व्यक्ति कोरोनामुक्त : महानिर्देशनालय

September 27, 2020

ढाका / बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित विरामीमध्ये ७५.१ प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले जानकारी गराएको छ ।
मुसलमान बहुल एसियाली यो मुलुकमा पछिल्लो २४ घण्टामा एक हजार १०६ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको र यसका कारण ३६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।
योसँगै बङ्गलादेशमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ५७ हजार ६७३ पुगेको छ भने पाँच हजार १२९ सङ्क्रमितको मृत्यु भएको छ ।
यहाँ अहिलेसम्म सङ्क्रमणमुक्त भएका विरामीको सङ्ख्या दुई लाख ६८ हजार ७७७ अर्थात् ७५.१ प्रतिशत रहेको छ भने सङ्क्रमितको मृत्युदर १.४३ प्रतिशत रहेको छ ।

- ADVERTISEMENT -