September 8, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोना संक्रमित थप १९ जना, चितवनकै ११ जना

September 28, 2020

चितवन / चितवनमा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ११ जनासहित १९ जनामा संक्रमण पुष्टि भएको ल्याब प्रमुख डा. नवीनकुमार चौधरीले जानकारी दिनुभयो ।
डा. चौधरीका अनुसार संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ९ जना, खैरहनी र कालिका नगरपालिकाका एक÷एक जना रहेका छन् ।
यस्तै गोरखाका एक जना, सल्यानका २ जना, नवलपुरको गैंडाकोटका ३ र देवचुलीका एक जना गरी चार जना र रौतहटका एक जनामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।