April 29, 2025

चितवनमा पर्यटन प्रबद्र्धनका लागि साइकल र्याली

September 28, 2020
- ADVERTISEMENT -

चितवन / उद्योग वाणिज्य संघ चितवन तथा साइकल राइडर्स क्लबको संयुक्त आयोजनामा विश्व पर्यटन दिवस–२०२० को अवसरमा साइकल र्याली गरिएको छ । चितवनमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबार नारायणगढ–पटिहानी साइकल र्याली गरिएको हो ।
उक्त साइकल र्याली उद्योग वाणिज्य संघ नारायणगढबाट सुरु भई र्याली भरतपुरको गणेशथान बाइपास रोडहुँदै जखडीमाई साइकल ट्रेलबाट, गोन्द्राङ, राइनो ताल, बीसहजारी ताल र छितामाई हुँदै पटिहानी पुगेको थियो भने ¥यालीमा ४० जनाको सहभागिता रहेको थियो ।
जंगलको बाटो हुँदै छितामाई पुगेर चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, साइकल राइडर्स क्लबका उपाध्यक्ष पदमबहादुर बानिया र पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकर थपलियाले छितामाई साइकल ट्रेलको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष श्रेष्ठले पर्यावरण जोगाउने, पर्यटन प्रवद्र्धन र साइकल चढेर शारीरिक रुपमा स्वस्थ बन्नको लागि र्यालीको आयोजना गरिएको बताए । उनले कोरोनाको महामारीबाट व्यापार, व्यवसायलगायत सम्पूर्ण आर्थिक गतिविधि धरासायी भएकोले साइकल पर्यटनबाट भए पनि केही आशा जगाउने प्रयास गरिएको उनको भनाइ थियो ।
कार्यक्रममा चितवन साइकल राइडर्स क्लबले चितवनमा साइकल सिटीको अवधारण ल्याई सोही अनुसार पूर्वाधारहरु बनाउन माग गरेको थियो । त्यस्तै क्लबले चितवनमा साइकल मार्ग निर्माण गरी साइकल पर्यटनको विकास गर्न र साइकलसँग सम्बन्धित विधिन्न प्रतियोगिताहरु राख्न ८ बुँदे माग पत्रसहित स्थानीय तह, उद्योग वाणिज्य संघमा माग राखेको छ ।
साइकल ट्रेल उद्घाटन कार्यक्रममा राप्ती तटीय क्षेत्र सरसफाई अभियानका संयोजक अपिल घिमिरेले सबै साइकल यात्रीहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको प्रवद्र्धकको रुपमा पटिहानी उपभोक्ता समिति, राप्ती तटीय क्षेत्र सरसफाइ अभियान र बेलसर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति रहेका थिए ।

- ADVERTISEMENT -