२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

चितवनमा थप १३ जनामा कोरोना पुष्टि

प्रकाशित मिति : २०७७ आश्विन १२ गते
- ADVERTISEMENT -

चितवन / चितवनमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (सोमबार) गरिएको परीक्षण गरिएकोमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको ल्याब प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो ।
डा अधिकारीका अनुसार २३६ नमुना मध्ये १३ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएका मध्ये भरतपुरका ४ जना रहेका छन । जसमध्ये एक जना पुरुष र ३ जना महिला रहेका छन् ।
त्यसैगरी रत्ननगर नगरपालिकाका १ जना पुरुष छन् भने खैरहनीका ३ पुरुष र एक महिला गरी चार जना रहेका छन् । यस्तै कालिका नगरपालिकाका १ जना पुरुष र ३ जना महिला रहेको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -