चितवन / ‘मिस मेघा चितवन–२०१९’ विजेता १८ वर्षकी सुस्मिता ब्लोन तामाङको दुबै मृगौला फेल भएको छ । मृगौला फेल भएका कारण अहिले उनी अहिले अस्पतालमा उपचाररत छिन् । रत्ननगर नगरपालिका वडा नं १२ का सुस्मिताको पारिवारिक आर्थिक अवस्था निकै कमजोर भएकोले उपचारका लागि कठिन भएको छ । उनका परिवारले आर्थिक अभावका कारण सुस्मितालाई सहयोगको लागि अपिल गरेका छन् ।
उनी ९ महिनादेखि दुबै मृगौला फेल भएर अस्पतालको शैय्यामा छिन् । परिवारका अनुसार हाल उनलाई पुरानो मेडिकल कलेजमा हप्ताको दुइपटक डाईलोसिस गराइरहेको छ ।
भविष्यमा मोडल बनेर आमालाई सुखमा राख्ने सपना बोकेकी सुस्मिताको बुबाको भने उनी सानो हुँदै मृत्यु भएको हो । उनको पारिवारिक अवस्था निकै कमजोर भएको र कुनै आयस्रोत नभएकोले हप्ताको दुई पटक डाइलोसिस गर्न र औषधि किन्न निकै कठिन भएको परिवारले बताएको छ ।
चिकित्सकको सल्लाहअनुसार तत्कालै मृगौला प्रत्यारोपण गर्नका लागि करिब १० लाख रुपैयाँ आवश्यक पर्ने बताइएको छ । तर, हालसम्म विभिन्न मिडिया, अनलाइनको माध्यमबाट भिडियोहरु, समाचार प्रकाशित भएपछि देश, विदेशबाट करिब ५ लाख ५० हजार रुपैयाँ संकलन भइसकेको छ ।
परिवारले बाँकी ५ लाख जुटाउन समस्या परेको हुँदा सम्पूर्ण नेपालीहरुलाई सहयोगको लागि अनुरोध गरेको छ । उनका मामा शेरमान घलानका अनुसार उनको उपचारमा धेरै खर्च भएको बताएको छ । अझै ५ लाख रुपैयाँ संकलन गर्न सके एउटा प्रतिभाको ज्यान बाँच्ने उनले बताए ।
सुस्मितालाई उपचारकै क्रममा करिब १ महिनाअघि काठमाडौं स्थित टिचिङ अस्पतालमा समेत लगिएको थियो । तर, कोभिड–१९ को महामारीको कारण मृगौला प्रत्यारोपणको लागि असहज भएकोले चिकित्सकले नियमित डाईलोसिसद्वारा उपचार गर्न र आवश्यक रकमसहित पुनः काठमाडौं लिएर आउन सुझाएकोले आर्थिक रकम संकलनको लागि सबै ठाउँमा अपिल गरिरहेको मामा घलान बताए ।
परिवारद्वारा सुस्मिता ब्लोनलाई बचाउन सक्दो आर्थिक सहयोग गर्नसमेत अनुरोध गरिएको छ । उनलाई सहयोग गर्नका लागि सम्पर्क नम्बर ९८६०१२२८९२ मनिषा लो तामाङ, ९८६००८९५१९, ९८१८०४१०२९ शेरमान घलान र खाता नम्बरः ११२०१०००२५३७४०१०, राष्ट्रिय बाणिज्य बैंक, लगनखेल ललितपुर रहेको परिवारले दिएको छ ।
‘मिस मेघा’ सुस्मिताको दुबै मृगौला फेल, परिवारद्वारा सहयोगको अपिल
September 28, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -