June 24, 2024

त्रिशुलीमा २ युवा बेपत्ता, खोजी कार्य जारी

September 29, 2020

गजुरी / त्रिशुली नदीमा पौडी खेल्ने क्रममा दुई युवा बेपत्ता भएको छ । धादिङ जिल्ला गजुरी गाउँ पालिका ३ मुरियाघाट बस्ने १७ वर्षीय अर्जुन मिजार र गजुरी गाउँ पालिका १ पिठान बगर बस्ने १६ वर्षिय भोपेन्द्र श्रेष्ठ त्रिशुलीमा वेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार दिउँसो अन्दाजी दिउँसो २ बजे बेल्खुस्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा अर्जुन मिजार वेपत्ता भएका थिए भने अर्का भोपेन्द्र श्रेष्ठ धादिङ र नुवाकोटको सिमाना कोल्फुटारस्थित त्रिशुलीमा सोही दिन अन्दाजी ३ बजे बालुवा चाल्ने क्रममा वेपत्ता भएको हो ।
उनीहरुको प्रहरी, नेपाली सेना र स्थानीयहरुको सहभागितामा खोजी कार्य जारी रहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -