March 17, 2025
- ADVERTISEMENT -

एकैदिन थपिए संक्रमित २७२२, निको ३३०७ जना

October 2, 2020

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७२२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङ मार्फत् थप २ हजार ७२२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।
उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र ३३०७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर २१ हजार २३४ सक्रिय संक्रमित छन् ।
उहाँले काठमाडौं उपत्यकामा १ हजार ६३८ संक्रमित थपिएको बताएका छन्, जसमध्ये काठमाडौंका १२८० जना, भक्तपुरमा १९६ र ललितपुरका १६२ जना रहेका छन् ।

- ADVERTISEMENT -