June 25, 2024

कोरोना संक्रमणबाट भारतमा १ लाख बढीको मृत्यु

October 3, 2020

नयाँ दिल्ली / भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६९ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ लाख ८४२ पुगेको हो ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या ६४ लाख ७३ हजार ५४५ पुगेको छ, जसमा सक्रिय संक्रमितको संख्या ९ लाख ४४ हजार ९९६ छ ।
हालसम्म ५४ लाख २७ हजार ७०७ जना निको भइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -