२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

गुरुङको वोन धर्म संस्कृतिबारे प्रशिक्षण सम्पन्न

प्रकाशित मिति : २०७७ आश्विन १८ गते
- ADVERTISEMENT -

भरतपुर / तमु प्ये ल्हु संघ जिल्ला समिति चितवनले भरतपुर महानगरपालिका २९ स्थित कविलास भोर्ले गाउँमा गुरुङको कुल संस्कार वोन धर्म बारे प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। समितिको इकाई समिति कविलास भोर्लेको आयोजनामा एक दिने गुरुङको कुल संस्कार वोन धर्म बारे प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो।
इकाई समितिका अध्यक्ष कविराज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुरुङ समुदायको कुल धर्म वोन संस्कारबारे समितिका जिल्ला अध्यक्ष जगत बहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष तुलाराम गुरुङ, पूर्व अध्यक्ष एवं सल्लाहकार समिति संयोजक भिम बहादुर गुरुङले सहजिकरण गरेका थिए। कार्यक्रमका सहजकर्ताहरुले आगामी राष्ट्रिय जनगणनामा गुरुङहरुले वोन धर्म किन लेख्ने? वोन धर्म के हो? जस्ता विषयमा जानकारी दिएका थिए।
यस्तै कार्यक्रममा समितिका जिल्ला सचिव बिक्रम गुरुङ, माडि इकाई समितिका अध्यक्ष पेज बहादुर गुरुङ, तमु प्ये ल्हु संघ जिल्ला महिला समितिका कोषाध्यक्ष शुकमाया गुरुङ लगायतकाको उपस्थिति रहेको थियो।

- ADVERTISEMENT -