कपिलवस्तु / कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ ।
नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं २ बस्ने ५४ वर्षीय पप्पु गुप्तालाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा जाँच गर्दा निजले लुकाइ ल्याउँदै गरेको चार लाख भारतीय अवैध रकम बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
उक्त बरामद गरिएको भारुको नेपालमा छ लाख ४० हजार हुन्छ । पक्राउ परेका गुप्तालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने सशस्त्र प्रहरी निरीक्षक कार्कीले बताए ।
- ADVERTISEMENT -
चार लाख भारुसहित एक जना पक्राउ
October 4, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -