July 22, 2024

संक्रमित थप ६६ जना, चितवनकै ४७ जना

October 5, 2020

चितवन / चितवन मेडिकल कलेज भरतपुरमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका चितवन मेडिकल कोभिड–१९ परीक्षण प्रयोगशालामा चितवनका ४७ र अन्य जिल्लाका १९ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएको डा नवीनकुमारी चौधरीले जानकारी दिनुभयो ।
डा चौधरीका अनुसार संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका ३५ जना, रत्ननगर नगरपालिकाका ३ जना, खैरहनी नगरपालिकाका ५ जना, कालिका नगरपालिकाका २ र इच्छाकामना गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै नवलपरासी पूर्वका १२ जना, मकवानपुरका ३, तनहुँ, रुपन्देही, बारा र पर्साका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -