May 18, 2024

हरिवंश दम्पत्तीलाई कोरोना संक्रमण पुष्टि

October 6, 2020
फोटो : गुगल ।

काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यलाई कारोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार आचार्य र उनकी श्रीमतीमा कारोना भाइरस संक्रमण पुष्टि भएको हो ।
सामान्य परीक्षण देखिएपछि पीसीआर परीक्षण गरिएका दुबै जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु दुबै आफ्नो स्वास्थ्य स्थिति सामान्य रहेको बताएका छन् । आचार्यका अनुसार सामान्य लक्षण देखिएपछि म र मेरी श्रीमतीको पीसीआर परीक्षण गरिएको थियो । परीक्षणमा हामी दुबैको रिपोर्ट पोजेटिभ आएको उनीहरुले फेसबुकमा लेखेका छन् ।
संक्रमण पुष्टि भएपछि हामी दुबै जना आइसोलेसनमा बसेका छौं । उनीहरुले आफूहरुसँग सम्पर्कमा रहेका सबै जनालाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन समेत आग्रह गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -