March 19, 2025
- ADVERTISEMENT -

प्रवक्ता थापासहित २ सुरक्षाकर्मी कोरोना संक्रमणमुक्त

October 7, 2020

चितवन । जिल्ल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापासहित २ सुरक्षाकर्मी कोरोना संक्रमणमुक्त हुनुभएका छन् ।
असोज १२ गते प्रवक्ता थापासहित ८ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता थापासहितका संक्रमित प्रहरी आइसोलेसनमा छन् ।
सोमबारको पीसिआर रिपोर्ट नेगेटिभ आएसँगै उहाँ कोरोना संक्रमणमुक्त हुनुभएको हो । कोरोनामुक्त भएसँगै नियमित ड्युटी शुरु गरेको उहाँले बताउनुभयो । अन्य संक्रमित ६ जना आइसोलेसनमै रहेको उहाँले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -