चितवन / चितवनमा थप दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको मंगलबार साँझ ६ः३० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको मंगलबारै साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।
यस्तै मंगलबारै साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका–९ का ८१ वर्षीय पुरुषको मृत्यु भएको छ । असोज १८ गते पीसीआरका लागि स्वाब दिएर घरमै बसेका ती पुरुष साँझ ६ बजे अस्पताल पुगेका थिए ।
श्वासप्रश्वासको समस्या देखिएका ती पुरुषको ६ः३० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको साँझ ७ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।
चितवनमा दुई कोरोना संक्रमितको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

नागरिकको जीउधन सुरक्षाका लागि सबै संयन्त्र परिचालन

त्रिशूली भेलमा फसेका तामाङ दम्पत्तीको ३० घण्टापछि सकुशल उद्धार

भोटेकोशी बाढी अपडेट : ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ बेपत्ता

रसुवागढीमा लेदोसहित आएको भोटेकोशीको बाढीले ठूलो क्षति

धार्मिक पर्यटन प्रबर्ध्दनमा देवघाट : गाउँपालिकाद्वारा प्रचार-प्रसारमा जोड
- ADVERTISEMENT -
