July 25, 2024
- ADVERTISEMENT -

चितवनमा एकैदिन ११४ संक्रमित, भरतपुरकै ६२ जना

October 10, 2020

चितवन / चितवन मेडिकल कलेज कोभिड–१९ परीक्षण प्रयोगशालामा एकैदिन ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवनसहित नवलपरासी पूर्व, काठमाडौं, तनहुँ, रुपन्देही, दाङ, दोलखा, पर्सा, मकवानपुर र सर्लाहीका व्यक्तिहरुमा शुक्रबार संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा नवीनकुमार चौधरीले जानकारी दिए ।
डा चौधरीका अनुसार भरतपुर महानगरपालिकाका ६२ जना, रत्ननगर नगरपालिकाका १५ जना, खैरहनी नगरपालिकाका ८ जना, राप्ती नगरपालिकाका ४ जना, कालिका र माडी नगरपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै नवलपरासी पूर्वका ८ जना, मकवानपुरका ३ जना, पर्साका २ जना, सर्लाही, दोलखा, दाङ, रुपन्देही, तनहुँ र काठमाडौंका एक÷एक जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

- ADVERTISEMENT -