Opens in a new tab
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संक्रमित व्यक्तिहरु जथाभावी नहिँड्न जिल्ला प्रशासनको आग्रह

प्रकाशित मिति : २०७७ आश्विन २७ गते

चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले अस्पतालहरुमा बिरामीका कुरुवाहरुलाई प्रत्यक्ष भेट्न नदिन निर्देशन दिएको छ । संक्रमितहरु लखरलखर सडकमा हिडेमा कारबाही गर्ने पनि प्रशासनले जनाएको छ ।
प्रशासनले बिरामी रहेको अस्पतालबाटै संक्रमण फैलिने भएकोले सोमबार एक सूचना जारी गरी सो निर्देशन दिएको हो । प्रशासनले कुरुवाहरुलाई निश्चित स्थानमा बस्न लगाएर हिडडुल गर्न नदिन भनेको छ ।
कतिपय अस्पतालले बेड छैन भन्दै भर्ना लिन नपाएको गुनासो आएपछि प्रशासनले आफूकहाँ सेवा लिन आएका बिरामीहरुलाई तत्काल भर्ना लिन पनि निर्देशन दिएको छ ।
प्रशासनले बिरामीहरुको आवश्यकता अनुसार बिरामीलाई आईसीयू र एचडीयु बेडमा सारेर उपचार गर्न निर्देशन दिएको छ । प्रशासनले सूचनामा भनेको छ, ‘ आफूसँग बेड नभएमा अन्य अस्पतालमा बेड खाली भएको वा नभएको एकीन गरेर मात्र पठाउनुपर्छ ।’
त्यसैगरी प्रशासनको सूचनामा लक्षण देखा नपरेका संक्रमितहरु सम्भव नभएसम्म सुरक्षित रुपमा आफ्नो घरमा आइसोलेसनमा बस्न अनुरोध गरेको छ ।
प्रशासनले सम्भव नभएमा स्थानीय तहको आइसोलेसन सेन्टरमा जान पनि भनेको छ । प्रशासनले सूचनामा भनेको छ, ‘लक्षण नदेखिएका संक्रमितहरु तत्काल अस्पताल जानु हुँदैन । अस्पताल जाँदा एम्बुलेन्स वा निजी सवारी साधन प्रयोग गरौं । संक्रमित व्यक्तिहरु ज्थाभावी हिडडुल नगरी बस्नुपर्छ ।
म्याजिक वा सार्वजनिक बस प्रयोग गर्नु हुँदैन ।’ त्यस्तै प्रशासनले लक्षण देखिएका मानिसहरु जथाभावी हिडेमा संक्रामक रोग ऐन–२०२० अनुरुप कारबाही गर्ने पनि जनाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले तत्काल लकडाउन नहुने भएकोले संयमता अपनाउन पनि निर्देशन दिनुभएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80