चितवन / चितवनमा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परिक्षण प्रयोगशालामा मंगलबार साँझ गरिएको परीक्षणमा चितवनका २९ जनासहित ३३ जनामा संक्रमण पुष्टि भएको ल्याब प्रमुख डा नितु अधिकारीले जानकारी दिए ।
डा अधिकारीका अनुसार संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका १२ पुरुष र ८ महिलासहित २० जना रहेका छन् । जसमा ७ वर्षीया बालिकादेखि ६५ वर्ष उमेर समूहका छन् । यस्तै खैरहनी नगरपालिकाका ३ जना, राप्ती–११ का २ जना महिला, माडी–८ र रत्ननगर नगरपालिका–१२ का एक÷एक जना पुरुष रहेका छन् ।
यसैगरी कास्की, नवलपरासी पूर्व, बेनीघाट र सुर्खेतका एक÷एक जना रहेका छन् ।
October 14, 2020
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -