२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

विश्वचर्चित खेलाडी रोनाल्डोलाई कोरोना संक्रमण

प्रकाशित मिति : २०७७ आश्विन २८ गते

एजेन्सी / विश्वचर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पोर्चुगल तथा इटालीयन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको पोर्चुगिज फुटबल फेडेरेसनले जनाएको छ ।
फेडेरेसनका अनुसार हाल ३५ वर्षीय रोनाल्डोलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको बताइएको छ । संक्रमण भएसँगै रोनाल्डोलाई पोर्चुगलको राष्ट्रिय टिमबाट अलग गर्दै होम आइसोलेसनमा पठाइएको छ । पोर्चुगिज टिमका अन्य खेलाडीलाई भने कोरोना परीक्षणमा नेगेटिभ नतिजा आएको फेडेरेसनले बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -