हेटौंडा / मकवानपुरमा एकाबिहानै ७९ जना कोरोना संक्रमित थपिएको पुष्टि भएको छ । आज (बुधबार) बिहान सार्वजनिक गरिएको नतिजामा मकवानपुरमा ७९ जना कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगर जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी दिए ।
जनस्वास्थ्य निरीषक चौलागाईंका अनुसार ७९ जना मध्ये ७३ जना हेटौंडा उपमहानगपािलका भित्रका रहेका हुन् । यस्तै मकवानपुरगढी गाउँपालिकाका २ जना, बकैया गाउँपालिकाका १ जना र हेटौंडा बसोबास गर्ने बाहिरी जिल्लाका ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
असोज २६ गते संकलन गरिएको २१५ जनाको स्वाब मध्ये १५३ जनाको परीक्षण गर्दा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका मध्ये ५३ पुरुष र २६ जना महिला रहेका छन् । हेटौंडा उपमहानगरका विभिन्न वडाका २६ जना महिला र ४७ जना पुरुषमा कोरोना पुष्टि भएको उनले बताए ।
- ADVERTISEMENT -
मकवानपुरमा एकाबिहानै ७९ जनामा कोरोना संक्रमण पुष्टि
October 14, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -