चितवन / राष्ट्रिय वाणिज्य बैँक भरतपुर शाखाले यस वर्ष नयाँ नोट वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष चितवनमा दसैँमा नयाँ नोट बाँड्दै आएको वाणिज्य बैँक भरतपुर शाखाले यस वर्ष नयाँ नोट वितरण नगर्ने भएको छ ।
वाणिज्य बैंक प्रवन्धक ईश्वरी न्यौपानेका अनुसार नेपाल राष्ट्र बैंकले यो वर्षको दसैँमा नोट सटही नगर्ने निर्णय गरेपछि यस वर्ष नोट नबाँडिने भएको हो । उनले चितवनमा बढ्दो कोरोना संक्रमणका कारणले नोट वितरण गर्दा बैंकहरूमा भीडभाड हुने हुँदा नयाँ नोट सटही नगर्नेे राष्ट्र बैंकले निर्णय गरेको बताए ।
यस वर्ष दसैँको टीका पनि नलगाउनु भन्ने सरकारको निर्देशन अनुसार पनि नयाँ नोट बाड्न आवश्यक नभएको उनको भनाइ छ । गत वर्ष बैँकले भरतपुरको चौबिसकोठीमा प्रतिव्यक्ति साढे १८ हजारको दरले करोडौँ मूल्यको नयाँ नोट वितरण गरेको थियो ।
October 14, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -