January 15, 2025
- ADVERTISEMENT -

कोरोना बिमितले अब बिमाको रकम नपाउने

October 14, 2020
Photo : Google.

काठमाडौं / कोरोना बीमाको रकम अब बिमितले नपाउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको परीक्षणदेखि उपचारसम्म सरकारले नै निःशुल्क गरिरहेको भएपनि अबदेखि भने कोरोना बीमा रकमबाट उपचार खर्च कटाउन लागिएको हो ।
कोरोना बीमा गर्नेहरुको बिमांक रकमबाट उपचार खर्च कटाउने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा बताए । यसअघि संक्रमण परीक्षणदेखि उपचारसम्मको सबै खर्च सरकारले व्यहोर्दै आएको थियो ।
संक्रमण पुष्टी भएका व्यक्तिहरुले कोभिड–१९ को उपचारको लागि खर्च गर्नु परेको थिएन । बीमा समितिको पहलमा ल्याइएको कोरोना बीमामा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पुष्टी हुने वित्तिकै दाबी भुक्तानी पाइने व्यवस्था छ । यसअघिसम्म यस्तो दाबी भुक्तानी बिमितले नै पाउदै आएका थिए ।
कोरोना बीमामा सुरुमा १ लाख ५० हजार रुपैयाँ बिमांकको ल्याइएको भएपनि पछि संशोधन गरेर १ लाख रुपैयाँ बिमांकको मात्रै गर्न पाइने व्यवस्था मिलाइएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -