January 15, 2025
- ADVERTISEMENT -

रोटरी क्लबद्वारा स्वास्थ्य सामग्री सहयोग

October 15, 2020

चितवन / रोटरी क्लब अफ नारायणगढले चितवन र नवलपुरका स्वास्थ्य चौकीलाई हात धुने स्टेशन सहयोग गरेको छ । रोटरी अंन्तर्राष्ट्रिय कोष, रोटरी क्लब अफ शिमोडेट जापान र वाईन टु वाटर नेपालको सहकार्यमा बिहीबार हात धुने स्टेशन सहयोग गरेको हो ।
रोटरी क्लबले विश्व हात धुने दिवसअन्तर्गत भरतपुर महानगरपालिका क्षेत्रका ३३ वटा स्वास्थ चौकी र गैँडाकोट नगरपालिका नवलपुर अन्तर्गतका ६ वटा स्वास्थ चौकीलाई सरसफाइ र स्वास्थ्य सुरक्षाका विभिन्न सामग्री हस्तान्तरण गरेका छन् ।
भरतपुर महानगरपालिका अन्तर्गतका कबिलास स्वास्थ्य चौकी, डालेटार आयुर्वेदिक औषधालय, ठिमुरा आधारभूत स्वास्थ केन्द्र र देवघाट आयुर्वेद औषधालय देवघाटमा रोटरीले हात धुने स्टेशन र आधारभूत चिकित्सा सामग्रीहरू रोटरी डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर राजीव पोखरेलको विशेष उपस्थितिमा हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा जलदेवी आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख चिरञ्जीवी कँडेल र भरतपुर महानगरपालिकाका स्वास्थ्य उपप्रमुख सूर्य तिवारीले मन्तव्य राख्नुभएको थियो । नारायणगढ रोटरी क्लबका अध्यक्ष अनुकुल श्रेष्ठ, संस्थापक अध्यक्ष निरञ्जन प्रधान, सेवा परियोजना निर्देशक गुणेश्वर महतो र निवर्तमान सचिव यज्ञमुनी बज्राचार्यले बिहीबार उक्त सामग्रीहरू सम्बन्धित स्वास्थ चौकीका प्रमुखहरूलाई हस्तान्तरण गर्नुभएको हो ।
उक्त कार्यक्रममा पूर्व अध्यक्षहरू चुननारायण श्रेष्ठ, सुमनकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष सुसनलाल प्रधान, क्लबका प्रथम महिला डा. सुरक्षा श्रेष्ठ, रोटरी वर्ष २०२१ र २२ का लागि निर्वाचित अध्यक्ष अरुणकुमार खनाल, द्वितीय उपाध्यक्ष भोलानाथ लामिछाने, पब्लिक रिलेसन चेयर सेवन पन्त तथा स्पाउज अनु पन्तलगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -