काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङ मार्फत्मा थप थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वरप्रसाद गौतमले जानकारी दिए ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार १६७ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ८९ हजार ८४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ८०० जना उपचारपछि डिस्चार्ज भएका छन् । हाल नेपालमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १३ हजार २९९ छ भने होम आइशोलेसनमा २५ हजार ४३८ जना छन् ।
यस्तै २४ घण्टामा १५ हजार ४३८ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ७१५ छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।
- ADVERTISEMENT -
नेपालमा थप ३१६७ संक्रमित, डिस्चार्ज १८०० जना
October 17, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -