January 21, 2025
- ADVERTISEMENT -

संक्रमित १४१ थप, चितवनकै ९९ जना

October 18, 2020

चितवन / चितवन मेडिकल कोभिड–१९ परीक्षण प्रयोगशालामा १४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा गरिएको ३७२ वटा नमुृनामा १४१ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा नवीनकुमारी चौधरी जानकारी दिए ।
उनका अनुसार संक्रमण पुष्टि हुनेमा चितवनका मात्रै ९९ जना रहेका छन् । जसमध्ये भरतपुर महानगरपालिकाका ८० जना, रत्ननगर नगरपालिकाका ९ जना, खैरहनी नगरपालिकाका ४ जना, राप्ती नगरपालिकाका ३ जना, माडी, कालिका र इच्छाकामनाका एकरएक जना रहेका छन् ।
यसैगरी गोरखाका ३ जना, लमजुङका १ जना, मकवानपुरको हेटौंडाका ४ जना, नवलपुर कावासोतीका २ र गैंडाकोका १२ जना, देवचुलीका ३ र मध्यविन्दुका २ जना गरी १९ जना, रुपन्देहीको बुटवलका २, सर्लाही, तनहुँ, मोरङ, रौतहट, सुर्खेत, कविलवस्तु, महोत्तरी, काठमाडौं, गुल्मी, कास्की, धनुषा र धादिङका एक÷एक जना रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -